प्रधानमन्त्रीलाई भीम रावलको काउन्टर- ‘थोत्रो बर्कोले छोपिने छैनन्’

प्रधानमन्त्रीलाई भीम रावलको काउन्टर- ‘थोत्रो बर्कोले छोपिने छैनन्’

केन्द्रबिन्दु
0
Shares

सरकारले  सीके राउतसँग गरेको सहमतिका बिषयमा सत्तारुढ दल नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर जवाफ फर्काएका छन्।

नेता रावलले ट्वीट गर्दै नेपाल आमालाई गालीगलौज गर्दै टुक्रयाउन मधेशीहरुसंग समेत साँठगाँठ गर्ने सिके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिनु नै गलत भएको बताएका छन्। उनले आफबिरुद्ध  गरिएको कुप्रचारको थोत्रो बर्कोले छोपिन नसक्ने भन्दै टिप्पणी गरेका छन्।

नेपाल आमालाई गालिगलौज गर्दै टुक्र्याउन विदेशीहरूसंग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिदै अलग देशको नेतासंग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।’ उनकोट्वीटमा उल्लेख छ।

रावलले राउतसंगको सहमतिप्रति सुरुदेखि नै आपत्ति जनाउँदै आएका छन् ।  प्रधानमन्त्री ओलीले ‘पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तै भुटभुटिएका’ भन्दै अभिव्यक्ति दिएका थिए।

नेकपाकै सांसद महेश बस्नेतले पनि नेता रावललाइ सिटामोल खाएर निको हुन् आग्रह गरेका थिए।  उनले सरकार र सीके राउतसँग भएको सहमतिको डलर खेतीगर्ने र सेलिब्रेटी राष्ट्रवादीहरुले मात्रै विरोध गरेको भन्दै सरकारको निर्णयको बचाउ गरेका थिए ।

 

यो पनि 

भीम रावल र महेश बस्नेतबीच नै जुहारी (भिडियो)

सीके राउतसँग भएको सम्झौता विवादास्पदः भीम रावल (भिडियोमा)

गृहमन्त्रीको राजीनामा माग्दै भीम रावलले भने, ‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’

सीके राउतसँग गरिएको सहमति कुनै हालतमा मान्य हुदैन- भीम रावल

प्रधानमन्त्रीले सीके राउतलाई यसरी गराए सचेत (हेर्नुहोस भिडियोमा)

प्रधानमन्त्री भन्छन्, ‘सम्झौताबारे सीके राउतले गलत अर्थबाट बुझेछन्’

प्रधानमन्त्रीकै अगाडि सीके राउतले गरेको त्यो भाषण (भिडियोसहित)

Skip This
Skip This
Logo