नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी बोल्दाबोल्दै बेहोस भएर ढलेकी छन् । मंगलबार बिहान दाङको तुलसीपुरस्थित सरकारी वकिलको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दाबोल्दै बेहोस भएकी हुन् ।
जिब्रो लरबराएर ढलेकी उनलाई तत्कालै अस्पताल भर्ना गरिएको छ । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अहिले उनको होस् खुलेको छ।
रिपोर्ट आउन बाँकी भएकाले उनलाई के भएको हो भन्ने खुल्न नसकेको अस्पतालले जनाएको छ।





























प्रतिक्रिया