दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

केन्द्रबिन्दु
843
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्न अनुमति दिएको हो ।

उनीहरुलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो । यसपछि बुधबार न्यायाधीश महेन्द्र खनालको इजलासले प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । तर, प्रहरीले भने यो कुरा गोप्य राख्न चाहेको छ।

Skip This
Skip This
Logo