हिमपातले मुस्ताङमा साँढे ११ सय चौपाया मरे

हिमपातले मुस्ताङमा साँढे ११ सय चौपाया मरे

केन्द्रबिन्दु
0
Shares

मुस्ताङ

लगातारको हिमपातले उपल्लो मुस्ताङमा १२ दिनमा ११ सय ३५ पशु चौपाया मरेका छन् । लोमाङथाङ र थासाङ गाउँपालिकाका विभिन्न गाउँमा कृषकले पालेका पशु चौपाया मरेका हुन् ।

सीमा प्रहरी चौकी लोमाङथाङले दिएको जानकारी अनुसार लोमाङथाङ गाउँपालिका ३, ४ र ५ मा ८ सय ८८ भेडाच्याङ्ग्रा र २ सय ३९ याक मरेका हुन् । हिमपातबाट स्थानीय ५५ जना कृषक पीडित बनेको प्रहरीले जनाएको छ । त्यस्तै थासाङ–२ का गोविन्द शेरचनले पालेका ८ चौँरी हिमपहिरोमा परेर मरेका छन् ।

किसानलाई झन्डै दुई करोड बराबरको क्षति भएको प्रहरीको अनुमान छ । थप विवरण संकलनका लागि मुस्ताङका हिमपात प्रभावित क्षेत्रहरूमा प्रहरीको टोली परिचालन गरिएको सीमा प्रहरी चौकी लोमाङथाङले जनाएको छ । लोमाङथाङ गाउँपालिकाका कार्यकारी अधिकृत सुशील अर्यालले हिमपातबाट भएको क्षतिबारे प्रहरी तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिको सक्रियतामा क्षति विवरण संकलन सुरु गरिएको बताए ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo