एजेन्सी । भारतमा एक अविवाहित गर्भवती महिलाले युट्युब भिडियो हेरेर शिशु जन्माउने कोसिश गर्दा आमा(छोराको मृत्यु भएको छ। उत्तर प्रदेशमा गर्भवती युवतीले युट्युब भिडियो हेरेर शिशु जन्माउने कोशिस गरिरहेकी थिइन्। तर उक्त दौरानमा धेरै रगत बगेर जाँदा आमा र शिशुको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।
घर मालिक र भाडामा बस्नेहरुले ती महिलाको कोठाबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी त्यहाँ पुग्दा उनीहरुको मृत्यु भइसकेको थियो। कोठाबाट प्रहरीले मोबाइल फेला परेको थियो । जसमा प्रशवको भिडियो चलिरहेको थियो।
ती युवती बहराइचको स्थायी र चारदिन पहिले गोरखपुरको केन्ट क्षेत्रमा रवि उपाध्यायको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। युवतीले घर मालिकलाई केही दिनमै उसको आमा कोठामा आइरहेको बताएकी थिइन्। ती अविवाहित युवती आफूले गर्भपतन गराउन नचाहेको र केही दिन अघिमात्रै समाजको डरका कारण बहराइचदेखि गोरखपुर आएर भाडामा बस्न थालेकी थिइन्।
प्रहरीले भेटाएको युवतीको मोबाइलबाट उसको परिवारको नम्बर पत्ता लगाएका थिए। जसको युवतीको प्रेमीको नम्बर पत्ता लगाएको थियो। त्यसपछि प्रहरीले युवतीको प्रेमीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।





























प्रतिक्रिया