काठमाडौँ
मुलुकका दुई ठूला दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलबीच विगतमा तीब्र प्रतिस्पर्धा देखिए पनि हाल भने ग्राहक संख्यामा ठूलो अन्तर देखिएको छ ।
केही वर्ष अघिसम्म बजारमा आक्रामक योजनाका साथ अघि बढिरहेको बहुराष्ट्रिय कम्पनी एनसेल पछिल्लो समय कर विवादसँगै आन्तरिक समस्यामा परेपछि ग्राहक संख्या अपेक्षाकृत रूपमा बढाउन सकेको छैन । यसको फाइदा सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले उठाएको छ । टेलिकमले ग्राहक संख्या यसबीचमा निकै बढाएको पाइएको छ ।
भ्वाइस सेवामा मात्रै टेलिकम र एनसेलबीचको ग्राहक संख्या अन्तर झन्डै ५० लाख पुगेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो म्यानेजमेन्ट इन्फमेसन सिस्टम (एमआईएस) प्रतिवेदनले कम्पनीहरूबीच ग्राहक संख्याको अन्तर बढ्दै गएको देखाएको हो ।
मुलुकमा फिक्स्ड टेलिफोन तथा सिमकार्ड खरिद गर्नेको संख्या चार करोड पुगिसकेको छ । एकातर्फ एक भन्दा धेरै सिमकार्ड लिनेको संख्या बढ्दै जानु र अर्कोतर्फ सेवाप्रदायक कम्पनीहरूले ग्रामीण भेगसम्म सेवा विस्तार गर्नाले पनि ग्राहक संख्या बढेका हुन् । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनसंख्याको आँकडा र टेलिफोन तथा सिमकार्ड सेवाग्राहीका आधारमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले १३६.४४ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको जनाएको छ । एमआईएस रिपोर्ट अनुसार ३ करोड ९९ लाखले विभिन्न खालका दूरसञ्चार सेवा लिएका छन् । जसमध्ये साधारण टेलिफोन (ल्यान्ड लाइन) प्रयोगकर्ता ६ लाख ७६ हजार छन् ।
कारोबारबाट































प्रतिक्रिया