हिरोईनहरुलाई मञ्जु पौडेलको कडा जवाफ (भिडियोमा)

हिरोईनहरुलाई मञ्जु पौडेलको कडा जवाफ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आफूलाई गायन क्षेत्रमा स्थापित गराउन सफल मन्जु पौडेल एक सफल उद्घोषिका पनि हुन् । स्टेज क्वीनको रुपमा आफुलाई चिनाएकी पौडेलले अहिलेसम्म थुप्रै लोक गीतहरु स्रोता सामु ल्याइसकेकी छन् ।

‘तिमी लाईटर म भाको चुरोट, धुवाँसरी फैले छ कुरो त…’ मञ्जु पौडेलको निकै नै चर्चित लोक दोहोरी गीत हो । त्यस्तै उनले ‘पिरतीमा हानेको मैले गोल, नखोल हैन सानुले गाउँमा पोल, तलतल लाग्यो मलाई’ लगायतका दजर्नौ लोक गीत गाई सकेकी छन् । उनले तीजका गीतहरुमा आफ्नो स्वर दिईसकेकी छन् ।

सुरुमा उनी एउटा रेडियोमा ‘आरजे’ का रुपमा काम गर्थिन् । रेडियोमा दोहोरी कार्यक्रम चलाउँथिन् । सुरुमा उनी दोहोरी गीत त्यति रुचाउँनथिन् । पछि विस्तारै लोक दोहोरी गीतप्रति उनको आकर्षण बढ्दै गयो । पछि-पछि दोहोरी गीत सुन्दा सुन्दै आफैं गुनगुनाउन थालिन् । त्यहीबाट लोक दोहोरी गायिकाका रुपमा स्थापित हुन थालिन् । मिडिया क्षेत्रबाट गायन क्षेत्रमा आउँदा उनलाई धेरै संघर्ष गर्नुपरेन् ।

मञ्जुलाई कलाकारिता क्षेत्रमा लागेदेखि कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेको छैन् । उनको सफलता दिन प्रतिदिन बढ्दो छ । उनलाई सबैभन्दा दुःख लाग्ने कुरा हिरोईनहरुबाट छ । दोहोरीमा मोडलिङ गर्दिन भन्ने हिरोईनमाथि उनको चित्त दुखाईछ । दोहोरीमा मोडलिङ गर्दा नाक खुम्च्याउने हिरोईलाई उनको प्रश्न छ, ‘तपाई कुन धरातलबाट आउनु भएको हो ?’

प्रविधिको विकाससँगै दोहोरी क्षेत्रमा पनि विकास भईरहेको उनको बुझाई छ । दोहोरी क्षेत्र बढी आधुनिकतातिर गयो भन्ने प्रश्नमा उनी प्रविधिको विकाससँगै दोहोरी क्षेत्र पनि विकासतिर लाग्नुपर्ने उनको भनाई छ । लोक गीत माृत संगीत भएको भन्दै त्यसतर्फ सबैले सम्मान गर्नुपर्ने उनको तर्क छ । थप तलको भिडियोमाः

 

Skip This
Skip This
Logo