‘कोपिला प्रि स्कूल तथा स्कूल एक्स्पो २०१९’ स्थगित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आज एक विज्ञप्ति जारी गर्दै एक्स्पो स्थगित भएको जनाएको हो ।
‘विद्यालय शिक्षा स्वदेशमा नै’ भन्ने नारासहित आगामी चैत १ र २ गते आयोजना गर्न लागिएको एक्सपो विविध प्राविधिक कठिनाइका कारण हाललाई स्थगित गरिएको कम्पनीले जनाएको छ । ‘विविध प्राविधिक कठिनाइका कारण हामीले हाललाई यो एक्स्पो स्थगित गर्नुपरेको जानकारी गराउ“न चाहान्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।
साथै कम्पनीले मेलाका प्रायोजक तथा सहभागी प्रदर्शनीकर्ताहरुमा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै सहयोग गर्न आतुर शैक्षिक संस्थाहरुप्रति आभार व्यक्त गरेको छ । ‘एक्स्पो आयोजनालाई सफल तुल्याउन थुप्रै शैक्षिक संस्थाहरुले मनदेखि नै गर्नुभएको सहयोग र विश्वासका निम्ती हामी आभार प्रकट गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।





























प्रतिक्रिया