प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र सिके राउतबीच भएको सहमति सकारात्मक भएको बताएका छन्। म्याग्दीमा आइतबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा देउवाले राष्ट्र अखण्ड रहने गरी सिके राउतसँग सहमति भएको हो भने राम्रो भएको प्रतिक्रिया दिएका हुन्।
‘मधेशलाई छुट्याउनुपर्छ नभनेको भए सहमतिलाई सकरात्मक लिनुपर्ने सभापति देउवाको भनाइ छ । त्यस्तै सभापति देउवाले पार्टीभित्र जो पनि सभापति उठ्न सक्ने, बन्न सक्ने अधिकार रहेको बताए। केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधि स्वत: हुने विधानको व्यवस्थाबारे देउवाले भने, ‘किसुनजी,गिरिजा, सुशीलका पालामा त्यही ठीक हुने अहिले नहुने ?,’ उनले भने।
उनले नेविसंघको उमेरहद ३२ वर्ष लगाउने नेविसंघले नै निर्णय गरेको बताए।





























प्रतिक्रिया