नेपालमा वायु प्रदूषणका कारण बर्सेनि २२ हजारको मृत्यु

नेपालमा वायु प्रदूषणका कारण बर्सेनि २२ हजारको मृत्यु

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ

तीन वर्ष अघि विश्व बैंकले यहाँको भयानक चित्र प्रस्तुत गर्‍यो । बैंकको उक्त तथ्यांकमा नेपालमा वायु प्रदूषणका कारण प्रत्येक वर्ष करिब २२ हजारको मानिसको ज्यान जाने गरेको उल्लेख छ ।

वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ढुण्डिराज पौडेलका अनुसार वातावरणीय प्रदूषणले नाक, कान, घाँटीमा तत्काल समस्या पारे पनि दीर्घकालीन रूपमा मुटु, मस्तिष्क, फोक्सो लगायतका विभिन्न भागमा असर गर्छ । ‘हावामा मिसिएका साना कण, सास मार्फत शरीरभित्र सजिलै पस्छन् र रगतमा मिसिन्छन् जसका कारण दीर्घकालीन रोग लाग्छ’, उनी भन्छन्, ‘वातावरण प्रदूषणले बालबालिका, गर्भवती र प्रतिरोधक क्षमता कम भएका मनिसमा सोझै असर गर्छ ।’

वातावरण संरक्षण नियमावली ०५४ को नियम १५ अनुसार सरकारले वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड, ०६९ लागू गरेको छ । मापदण्ड अनुसार एक वर्षमा १८ दिन भन्दा बढी तोकिएको सीमा दूषित हावाले नाघ्नु हुँदैन । तर उपत्यकाका सन्दर्भमा दूषित हावाले सीमा नाघिरहेको वातावरण विभागको मापनले देखाउँछ ।
अन्नपूर्णबाट

Logo