काठमाडौँ
नेपाल र भारतका अधिकारीबीच जल यातायातका लागि तीनवटा रुट सिफारिस गर्ने सहमति भएको छ । जल यातायातका सम्भावना सम्बन्धी नेपाल–भारतबीचको दोस्रो बैठकले यस्तो सहमति गरेको हो ।
कोलकाता-हल्दिया साहेबगञ्जबाट जोगवनी हुँदै विराटनगर रोड र जोगवनी हुँदै विराटनगर तथा कोलकाता – हल्दिया–कालुघाटबाट रक्सोल विराटनगर रुटलाई सिफारिस गर्ने निर्णय बैठकले गरेको हो । सन् १९९९ मा भएको पारवहन सन्धिमा उल्लेखित बुँदा संशोधन गर्दै भारतले गंगा नदीमा विकास गरिरहेको जल यातायातबाट नेपालले तत्काल लाभ लिन सक्ने गरी तीन रुट संलग्न गर्न सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।
पारवाहन सन्धिमा अध्ययन गरी संशोधनका लागि चार रुट पनि सिफारिस गरिएको छ । कोलकाता -हल्दिया–कालुघाटबाट हुँदै साहेबगञ्ज–मनहरी–पानी ट्यांकी काकरभित्ता, हल्दिया–वाराणसीबाट सुनौली हुँदै भैरहवा रोड, कालुघाटबाट बाल्मिकीनगर हुँदै गण्डक ब्यारेज र हल्दियाबाट साहेबगञ्ज हुँदै भीमननगर – गण्डक ब्यारेजका लागि रुट सिफारिस गरेको हो ।
कारोबारबाट





























प्रतिक्रिया