धादिङ
जिल्लाको गजुरीमा एक सय पाँच किलो चरेससहित तीन जना पक्राउ परेका छन् ।
काठमाडौंबाट वीरगञ्जका लागि छुटेको ना ५ ख २८१२ नम्बरको बसमा लुकाइ राखेको चरेससहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा बस चालक वीरगञ्ज ८ का लालबहादुर शाह, बाराको करैयामाई गाउँपालिका ७ का अनिल चौधरी र बिन्दबासिनी गाउँपालिका ३ का श्रीराम साह रहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया