जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चितवनमा जन्ती बोकेर माडी जाँदै गरेको बस शनिबार चितवन राष्ट्रिय निकुञ्जको सडक खण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

ना ७ ख २२८ नम्बरको बस साँझ सवा ५ बजे कसरा नजिकै भएको दुर्घटनामा माडी नगरपालिका २ चिरौली बस्ने अन्दाजी २८/३० वर्षीय मिथुन महत्तोको मृत्यु भएको हो । दुर्घटनामा १४ भन्दा बढी यात्रुहरु घाईते भएका छन् । घाइते मध्ये १४ वर्षीय क्षितिजा महत्तो र २० वर्षीया पुजा महत्तोको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइतेको भरतपुर अस्पतालमा उपचार भइहेको छ । पूर्वी चितवनको टाँडीबाट चिरौली जन्ती लिएर जाँदै गरेको बस आफैं अनियन्त्रित भएर पल्टिएको थियो । चालकले अत्याधिक मादकपदार्थ सेवन गरेकाले बस पल्टिएको यात्रुहरुले बताएका छन् । चालक फरार रहेको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकाबाट

Logo