काठमाडौँ
गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्व नेकपाका गतिविधीहरु अब धेरै दिन नटिक्ने दाबी गरेका छन् ।
कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार वीरेन्द्रनगर पुगेका मन्त्री थापाले संविधान विरोधी गतिविधि गरिरहेको ‘विप्लव’ समूहमाथि सरकार कठोर भएर प्रस्तुत हुने बताए ।
‘वार्ताद्वारा समस्याको निकास खोजी राजनीति मुलधारमा आउन पटक पटकको आग्रह विपरित आतंकवादी गतिविधि नरोकेकोले विप्लव समूहमाथि सरकार कठोर रुपमा प्रस्तुत हुन्छ’ उनले भने । मुलुकमा समृद्धि र विकासका लागि शान्ति सुरक्षाको प्रत्याभुती दिलाउनु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले शान्ति सुरक्षाविरोधी गतिविधीविरुद्ध सरकार जस्तो सुकै कदम चाल्न पनि तयार हुने चेतावनी दिए ।
सरकार शान्ति सुरक्षाका लागि पूर्णरुपमा प्रतिवद्ध भएको र सरकारले चालेका कदमहरुलाई सहयोग गर्न आग्रह गरे । ‘ध्वंसात्मक र आपराधिक गतिविधि गर्नेहरुलाई कतिपयले संरक्षण र उन्मुक्ति दिएका कारण उनीहरुको हौसला बढेको छ’ उनले भने, ‘तर सरकार त्यस्ता कार्यविरुद्ध कठोर हुन्छ ।’ शान्ति र विकासका साथै संघीयतालाई चुनौती दिने खालका गतिविधिहरु सरकारलाई सह्य नहुने भन्दै गृहमन्त्री थापाले त्यस्ता कार्यलाई पूर्णरुपमा नियन्त्रण गरिने जानकारी दिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया