अमेरिका, चीन र भारतबाट भित्रिए १६ सयभन्दा बढी ईभी गाडी, सरकारद्वारा अर्बौँ राजस्व संकलन

अमेरिका, चीन र भारतबाट भित्रिए १६ सयभन्दा बढी ईभी गाडी, सरकारद्वारा अर्बौँ राजस्व संकलन

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । रोजगारको सिलसिलामा विदेश भएकाहरू दशैँमा घर फर्कने र कर्मचारीले थप तलब पाउने भएकाले दशैँलाई विशेष बनाउने धेरै नेपालीको योजना हुन्छ ।

आवश्यकता र चाहना दुवै कारणले किनमेलको मुख्य सिजन भएकाले यतिवेला बजारमा चहलपहल पनि ह्वात्तै बढ्छ ।

यसैक्रममा धेरैले सवारीसाधन पनि खरीद गर्छन् । किनभने सवारीसाधनमा बिक्रेताहरूले चाडपर्वलक्षित अफरहरू सार्वजनिक गरेका हुन्छन् । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङकअनुसार चालू आर्थिक वर्ष २०८१–८२ को दोस्रो महिनासम्ममा ठूलो परिणाममा ईभी आयात भएको छ ।

यो दुई महिनामा मात्रै ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँबराबरको एक हजार ६ सय २ वटा ईभी सवारी (कार,जीप र भ्यान) नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । तर, गत साउन महिनामा भने ८९ करोड ७० लाख २१ हजार रुपैयाँबराबरका ३ सय ८१ वटा मात्र ईभी गाडी आयात भएका थिए ।

भदौमा चीनबाट ५० किलोवाट क्षमता भएका ७१ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरका ३ सय ६१ वटा ईभी गाडी भित्रिएको विभागले जनाएको छ । जसबाट सरकारले ३१ करोड ७ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, भारतबाट ३२ करोड ६६ लाख ४८ हजार मूल्यको १९९ वटा गाडी आयात भएका छन् । ५० किलोवाट मोटर क्षमता भएका यी सवारी आयात हुँदा सरकारले १४ करोड १३ लाख ४३ हजार रुपैयाँ राजस्व सं)कलन गरेको छ ।

यसैगरी ५१ देखि १०० किलोवाट क्षमताका ईभी गाडी भारतबाट २७६ र चीनबाट ६६२ गरी जम्मा ९३८ युनिट आयात भएका छन् । यसबाट सरकारले एक अर्ब ५५ करोड १ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्याङकले देखाएको छ ।

विभागका अनुसार अमेरिकाबाट १०१ देखि २०० किलोवाट क्षमताका १ र चीनबाट ९८ वटा ईभी भित्रिएका छन् । २०१ किलोवाटभन्दा बढी क्षमता भएका ईभी गाडी चीनबाट २ वटा र जर्मनीबाट १ वटा आएका छन् ।

Skip This
Skip This
Logo