व्यवसायी गुरुङको घरमा आगजनी, गाडी जलेर नष्ट

व्यवसायी गुरुङको घरमा आगजनी, गाडी जलेर नष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बसुन्धारास्थिन वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समूहले आगजनी गरेको छ ।

शुक्रबार साँझ भएको आगजनीबाट तीनतले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको ल्याण्ड क्रुजर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बमको जस्तो आवाज आएको भए पनि बम हो या होइन भन्नेबारे पुष्टि नभएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो । घटनाको नेपाली सेनाको विज्ञटोलीले अनुसन्धान शुरु गरेको जनाइएको छ ।

क्लब ९९ मा लागेको आगो नियन्त्रणमा

यता पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा लागेको आगो नियन्त्रणमा आएको छ । सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार राति ९ बजे लागेको आगो झण्डै सवा घण्टापछि दमकल, नेपाल प्रहरी एवं स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा आएको हो । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

Logo