टिपरले किचेर १० वर्षीय बालकको मृत्यु, जानी जानी मारेको आरोप

टिपरले किचेर १० वर्षीय बालकको मृत्यु, जानी जानी मारेको आरोप

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । टिपरले किचेर कञ्चनपुरमा १ बालकको ज्यान गएको छ । भीमदत्त नगरपालिका ४ नौलाखेतमा टिपरले किच्दा १० वर्षका विकास ऐरीको मृत्यु भएको हो ।

शुक्रबार बिहान भाँसी ब्रम्हदेब सडक खण्डमा म१ख ७३७ नम्बरको टिपरले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हाल टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको छ । बालकलाई टिपरले जानी जानी किचेर मारेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

Logo