पाँचपोखरीमा महिला म्याराथन हुने

पाँचपोखरीमा महिला म्याराथन हुने

केन्द्रबिन्दु
33
Shares

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल –३ पाँचपोखरीमा प्रथम पाँचपोखरी महिला म्याराथन हुने भएको छ ।

आगामी कार्तिक २ गते पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट रैथानेसम्म २८ किलोमिटर लामो म्याराथन हुने आयोजक विश्व समावेश साहसी संस्थाकी सल्लाहकार माया गुरुङले बताइन् ।

स्वदेशी तथा विदेशी महिलाको सहभागिमा हुने उक्त म्याराथनमा प्रथम हुनेले नगद रु ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलेसमेत शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार पाउने गुरुङले बताइन् ।

दौडमा सहभागिता जनाउन नेपाली महिलाले रु पाँच सय र विदेशी महिलाले पाँच डलर दर्ता शुल्क बुझाउनुपर्ने छ । म्याराथनसहित सोही समयमा ‘मास ट्रेकिङ’ पनि हुनेछ । “वर्षमा कम्तीमा एक पटक ट्रेकिङ जाउँ, पर्यटन प्रवर्द्धन गरौँ”, भन्ने नाराका साथ मास ट्रेकिङ आयोजना गरिएको हो ।

मास ट्रेकिङमा सहभागी हुनेले लागि भने नेपालीले रु १३ हजार पाँच सय र विदेशीले दुई सय डलर तिर्नुपर्नेछ । दशैँ तिहारको बिदामा घुम्न जान चाहनेहरूलाई लक्षित गरी ट्रेक आयोजना गरिएको गुरुङले बताइन् ।

Logo