काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश (बोनश शेयर) घोषणा गरेको छ । सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई लाभांश वितरण गरिने कम्पनीले बताएको छ ।





























प्रतिक्रिया