काठमाडौँ । ग्यारो डीटी–६० इलेक्ट्रिक स्कुटरमा १५ हजार रुपैयाँको छुट अफर उपलब्ध भएको छ ।
नेपालका लागि ग्यारो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले चाडपर्वको मौसमलाई मध्यनजर गर्दै यो अफर ल्याएको हो ।
अफरअनुसार हाल ३ लाख ८० हजार मूल्य तोकिएको ग्यारो स्कुटर अब ३ लाख ६५ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यसमा सहज फाइनान्स सुविधाका साथै ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ ग्यारो स्कुटर साट्न सक्ने छन् । यो अवस्थामा पुरानो सवारी साधनको आकर्षक मूल्यांकन गरिने छ ।
चाडपर्वको समयमा ग्यारो स्कुटर किन्ने ग्राहकले निःशुल्क आकर्षक हेल्मेट प्राप्त गर्नेछन् । यसमा उपलब्ध सहज फाइनान्स सुविधामा शुरुमा स्कुटरको मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्ने ग्राहकलाई ६.९९ प्रतिशत ब्याजदरमा ३६ महिनासम्म मासिक किस्ताबन्दीमा बाँकी रकम भुक्तानी गर्ने सुविधा उपलब्ध हुनेछ ।
नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटरमध्ये ग्यारो स्कुटर सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर हो । यसले सिंगल चार्जमा ३५० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । काठमाडौँ उपत्यकामा महाराजगञ्ज र टेकु तथा उपत्यका बाहिर पोखरा, धरान, बाग्लुङ, धनगढी र बुटवलमा ग्यारो इलेक्ट्रिक स्कुटरका डिलर रहेका छन् ।





























प्रतिक्रिया