यस्तो छ देशको वर्तमान आर्थिक अवस्था [पूर्णपाठ]

यस्तो छ देशको वर्तमान आर्थिक अवस्था [पूर्णपाठ]

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको उक्त तथ्यांकले आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको देखाएको छ ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको हो । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ । नेपाल सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले बताएको छ ।

यस्तै, विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ । र, वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ । यसैगरी वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।

हेर्नुहाेस्, पूर्णपाठ-

Skip This
Skip This
Logo