एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त रकम रेमिट्यान्स आएको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकले अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको बताएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।

Skip This
Skip This
Logo