प्रथम झापा एक–काठमाडौँ कप फुटसल प्रतियोगिता: झापाका नेतादेखि कलाकारले प्रतिस्पर्धा गर्ने

प्रथम झापा एक–काठमाडौँ कप फुटसल प्रतियोगिता: झापाका नेतादेखि कलाकारले प्रतिस्पर्धा गर्ने

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । प्रथम झापा एक–काठमाडौँ कप फुटसल प्रतियोगिता २०८१ सन्चालन हुने भएको छ ।

डीएभी स्कुल जावलाखेल, ललितपुरमा हुने प्रतियोगितामा ३० वर्षमुनिका खेलाडी रहने छन् । उक्त फुटसल प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन ।

१२ गते शनिबार सञ्चालन हुने उक्त फुटसल प्रतियोगितामा झापा क्षेत्र नं १ का ७ वटा टिमबीच प्रतिस्पर्धा हुने भएको छ । जसमा क्षेत्र नं १ का साबिकका गाविस शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडीबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा विजेता हुने टीमले २१ हजार नगदसहित ट्रफी र सम्मानपत्र पाउने छन भने दोश्रो हुने टीमले ११ हजार नगद सहित ट्रफी र सम्मानपत्र पाउने आयोजक संस्था झापा १–काठमाडौँ सम्पर्क समितिका प्रमुख प्रज्वल कोइरालाले जानकारी दिए ।

उक्त अवसरमा झापाका राजनैतिक दलका नेता भर्सेस झापाका कलाकारबीच रोमान्चक मैत्रीपूर्ण खेल हुनेछ । सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङंदेन, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता अग्नि खरेल, एलपी साँवा, सहितका नेताहरू खेल्दै छन् भने कलाकारका तर्फबाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विलसन विक्रम राई, टीका भण्डारी, प्रकाश सुवेदी, हेमन्त बुडाथोकी लगायत भिड्दै छन् । सो अवसरमा सभामुख देवराज घिमिरे र काँग्रेस नेता कृष्ण सिटौलाको पनि उपस्थिति हुने छ ।

साथै पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं १ क र खका महिला टीमबीच मैत्रीपूर्ण खेल समेत हुने भएको छ । झापाबाट काठमाडौँ आइ बसोबास गर्ने, व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरूलाई लक्षित गरी उक्त खेलको आयोजना गरिएको छ ।

बडादशैँ, तिहार, नेपाल संवत र छठको शुभकामना आदानप्रदान गर्ने अवसरका रूपमा झापा १ संघीय संसद् सचिवालय र नेपाली कांग्रेस झापा १–काठमाडौँ सम्पर्क समितिले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गरेको हो ।

Logo