अनौठो ‘मार्डी ग्रास’ पर्व, विश्वभर यसरी मनाइयो

अनौठो ‘मार्डी ग्रास’ पर्व, विश्वभर यसरी मनाइयो

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । यो विश्व विविधताले भरिपूर्ण छ । नयाँ नयाँ तथा अनौठो खाले रितिरिवाज मान्ने गरिन्छ । यसैबीच मंगलबार विश्वका विभिन्न देशमा यस्तै खाले अनौठो पर्व मनाईएको छ ।

यो पर्वको नाम हो, मार्डी ग्रास नामक पर्व । यो पर्वमा कार्निभल खानपिन, संगीत तथा कामोत्तेजक अनौठा पहिरन लगाउने गरिन्छ । जसले गर्दा पनि युवा पिढीमा यो पर्व चर्चित छ ।

मार्डी ग्रास पर्व अस्ट्रेलिया, अमेरिका, ब्राजिल, जर्मनी, बेल्जियमलगायतका धेरै देशमा मनाइन्छ । यो पर्वमा विशेषगरी समलिंगी महिला तथा समलिंगी पुरुषका झाँकीहरु प्रदर्शन हुन्छन् । मानिसहरु सडकमा खुलेआम कपडा खोलेर एक अर्कामा प्रेम प्रकट गर्दछन् ।

यो पर्वको परम्परा अनुसार यदि कुनै केटाले कुनै केटीसँग रात बिताउन चाहन्छ वा प्रेम प्रस्ताव राख्न चाहन्छ भने उसले सोही पर्वको मेलामा केटीलाई रंगीचंगी मोतीको माला उपहार दिनु पर्दछ ।

यो पर्वमा कतिपय ठाउँमा त महिलाहरुले आफ्नो छाति नग्न बनाउने तथा पुरुषहरु जिउका सबै कपडा फुकालेर नाच्ने गर्दछन् । मार्डी ग्रास फेस्टिवललाई मोटो मंगलबार, कार्निभल मंगलबार वा पेनकेक मंगलबार पर्वको नामले पनि चिनिन्छ ।

Logo