ब्राजिलका राष्ट्रपतिले गरे पिसाब फेर्दै गरेको भिडियो सार्वजनिक

ब्राजिलका राष्ट्रपतिले गरे पिसाब फेर्दै गरेको भिडियो सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोलसोनारो विवादमा तानिएका छन् । सामाजिक सञ्जाल ट्वीटमा अश्लील भिडियो सार्वजनिक गरेपछि उनी विवादमा तानिएका हुन् ।

बोलसोनारोले साओ पाउलो शहरमा भएको कार्निभल फेष्टिभलमा एकजना व्यक्तिले अर्का व्यक्तिको टाउकोमा पिसाब फेरेको भिडियो गत मंगलबार सार्वजनिक गरेपछि राष्ट्रपति बोलसोनारो विवादमा तानिएका हुन् ।

भिडियो सार्वजनिक गरेसँगै ब्राजिलका विभिन्न अभियन्ताहरुले बोलसोनारोले गोपनियताको हकको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

ब्राजिलका पत्रकार फबियो पान्नुजियोले बोलसोनारोले सार्वजनिक गरेको भिडियो आफ्नी ६ वर्षीया छोरी तथा अन्य केटाकेटीले हेरेको भन्दै बोलसोनारोलाई तत्काल स्वास्थ्य सहायता चाहिएको टिप्पणी गरे । केहीले भने बोलसोनारोले अश्लील भिडियो सार्वजनिक गरेर ट्विटरको नियम उल्लङ्घन गरेको टिप्पणी गरेका छन् ।

भिडियोको क्याप्सनमा राष्ट्रपतिले लेखेका छन् – ‘म यो देखाउन सहज महसुस त गरिरहेको छैन । तर, हामीले मानिसहरुलाई सत्य कुरा बाहिर देखाउनुपर्छ ।’

मंगलबार सार्वजनिक भिडियोमा कार्निभल फेष्टिभलमा एक जना अर्धनग्न मानिस सडकछेउ रहेको बस बिसौनीको छानोमाथि चढेर नाचिरहेको देखिन्छ । त्यसको केही समयपछि नाचिरहेको मानिसले टाउको निहुर्‍याएका थिए भने बस बिसौनीको छतमै रहेका अर्का मानिसले उनको टाउकोमा पिसाब फेरेका थिए ।

Logo