उखु किसानले पाउन थाले अनुदान, आन्दोलन रोकियो

उखु किसानले पाउन थाले अनुदान, आन्दोलन रोकियो

केन्द्रबिन्दु
0
Shares

मलंगवा

उखुको अनुदान रकम नपाए आन्दोलन गर्ने चेतावनी दिएका किसानहरुलाई बुधबारदेखि अनुदान रकम दिन सुरु भएको छ । मंगलबार किसानहरुले अनुदान नपाए तीन दिनपछि आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

बुधबार पहिलो दिन हरिवन, लालबन्दी, ईश्वरपुर र बागमतीका किसानको रकमको चेक इन्दुशंकर चिनी उद्योगले जिल्ला प्रशासन कार्यालयबाट बुझेको छ । पहिलो दिन जिल्ला प्रशासन कार्यालयबाट उद्योगले ४ हजार १ सय २३ किसानको रकम बुझेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिलो दिन ९ करोड २७ लाख २९ हजार २ सय २५ रुपैयाँ ७१ पैसाको चेक इन्दुशंकर चिनी उद्योग हरिवनलाई दिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताएका छन् ।

पहिलो दिन ४ वटा नगरपालिकाका किसानहरुको अनुदान रकमको चेक उद्योगलाई दिइएको प्रजिअ पोखरेलले बताए । अर्को बैठक बसेर बिहीबार फेरि केही गाउँपालिका र नगरपालिकाको किसानको अनुुदान रकम पठाउने बताइएको छ ।

उखुको बिरुवा सहित प्रदर्शन गरेका किसानहरुले ७ दिनभित्र रकम दिने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए ।
अन्नपूर्णबाट

Logo