वीरगन्ज
वीरगन्जमा आइतबार सुरु भएको अश्वमेध गायत्री महायज्ञ बुधबार राष्ट्र कल्याणको कामनासहित समापन भएको छ ।
देवसंस्कृति विश्वविद्यालय हरिद्वारका उपकुलपति डा. चिन्मय पाण्ड्या, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिका अध्यक्ष उद्योगपति उपेन्द्र महतो, समितिका संयोजयक तथा वीरगन्जका नगरप्रमुख विजय सरावगीलगायतको उपस्थितिमा विभिन्न अनुष्ठान पूरा गर्दै महायज्ञ समापन गरिएको हो। समापनमा २५ हजार भन्दा बढीले यज्ञमा भाग लिएको र दर्शनार्थीका रूपमा हजारौंको सहभागिता रहेको आयोजकले जनाएको छ ।
डा. पाण्ड्याले चरित्रमा सकारात्मक परिवर्तन ग्रहण गर्न सके मानिसको जीवन यज्ञमय हुने बताए । उनले अरूको कल्याणका लागि समर्पित जीवन सार्थक हुने बताए । मुख्यमन्त्री राउतले विभिन्न समुदाय आ–आफ्नो वर्चस्वका लागि लडाइँ गरिरहँदा विश्वसामु शान्ति स्थापनाको चुनौती थपिएका बेला लोककल्याणको कामनासहित गरिएको यो महायज्ञ एउटा महान् कार्य भएको टिप्पणी गरे ।
वैदिक कालदेखि यता नेपालमा पहिलोपटक अश्वमेध आयोजना भएको आयोजकले बताएका छन् । कलश पूजन, दैनिक सामूहिक हवन, दीप प्रज्वलनसहित विभिन्न धार्मिक कार्यक्रम भएको यज्ञ अवधिभर एक लाख भन्दा बढीले निःशुल्क भोजन गरेको जनाइएको छ । आगन्तुकहरूका लागि बृहत् भान्छा स्थापना गरिएको थियो ।
नागरिकबाट





























प्रतिक्रिया