बञ्चरो प्रहार गरी हत्या

बञ्चरो प्रहार गरी हत्या

केन्द्रबिन्दु
0
Shares

भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए ।

बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएको थियो । उनको उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताए । हत्यामा संलग्न शिवलाई घटनामा प्रयोग गरिएको बञ्चरोसहित पक्राउ गरी हिरासतमा राखिएको छ ।

Logo