नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार हृदयघातकारण निधन भएको छ ।
आइतवार भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका पण्डितको हृदयघातभएपछि उपचारका लागि काठमाण्डौ ल्याउने क्रममा बाटोमै निधन भएको नेकपाले जनाएको छ ।
७२ वर्षीय पण्डित नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको पारिवारिक श्रोतले बताएको छ । पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए ।
कांग्रेस नेता अर्जुन नरसिंह केसी उनै पण्डितका भान्जा हुन् । पण्डितका तीन छोरा,तीन छोरी र श्रमिती छन् ।
सत्तारुढ नेकपाले एक साताभित्र चारजना नेता लगातार गुमाएको छ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वली पछि पूर्वसांसद पण्डितलाई नेकपाले गुमाएको हो ।





























प्रतिक्रिया