काठमाडौँ
सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष गोबिन्द बियोगिको नाममा निर्माण गर्न लागेको गोविन्द बियोगी पत्रकारिता अध्ययन केन्द्रका लागि आर्थिक सहयोग जुट्न थालेको छ । यसै क्रममा ल्हाम्ह पुचः संस्थाले उक्त केन्द्र निर्माणका लागि सम्पादक समाज नेपाललाई मंगलबार दुई लाख उपलब्ध गरायो ।
उक्त संस्थाका महसचिव टंक पन्तले ल्हाम्ह पुचःका समेत सल्लाहकार रहनु भएका गोबिन्द बियोगिलाई स्मरण गर्दै भवन निर्माणका लागि सहयोग गरिएको बताउनु भयो । सहयोग रकम ग्रहण गर्दै सम्पादक समाजक अध्यक्ष पुरु रिसालले ल्हाम्ह पुचः परिवारलाई धन्यवाद ज्ञापन गर्दै पत्रकारिता क्षेत्रको विकासका लागि निर्माण गर्न लगिएको केन्द्रलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
समाजका महसचिव श्याम डोटेलले हालसम्म प्राप्त भएको सहयोगका बारेमा जानकरी गराउनु भएको थियो ।





























प्रतिक्रिया