काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले चाडपर्व नजिकिएकाले संयमित भएर व्यापार गर्न व्यवसायीलाई आग्रह गरेको छ ।
संघले आफ्ना सदस्य उद्यमी व्यवसायीहरूलाई व्यवसायको प्रकृतिअनुसार ग्राहकलाई छुट सुविधा दिई व्यापार बढाउन समेत सुझाएको छ ।
दशैँ, तिहार जस्ता चाडपर्वको समयमा सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउँदै संयमित भएर व्यापार व्यवसाय गर्न आग्रह गर्दै संघले सामानको माग बढ्ने र व्यवसायमा वृद्धि हुन्छ भन्ने आशा राख्नु स्वभाविक भएकाले उपभोक्ताहरूको हकहितलाई ध्यानमा राखी सुलभ र सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन भनेको छ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठले व्यापारिक गतिविधिहरूमा जिम्मेवारीपूर्वक पारदर्शिता र इमानदारी कायम गर्दै उपभोक्ताहरूको हितलाई ध्यानमा राखी कार्य गर्नु हाम्रो कर्तव्य भएको बताएका छन् । साथै उनले उपभोक्ता संरक्षण ऐन विपरीतका कार्यहरू नगर्न समेत व्यवसायीलाई अनुरोध गरेका छन् ।































प्रतिक्रिया