राष्ट्रपति भण्डारी आगामी आइतबार न्यूयोर्क जाँदै

राष्ट्रपति भण्डारी आगामी आइतबार न्यूयोर्क जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सिएसडब्ल्यु) को ६३ औँ बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २६ फागुनमा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएकी छन् ।

लैङ्गिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ । जेनेभामा हालै भएको राष्ट्रसंघीय मानव अधिकार परिषद्को ४० औँ बैठकका उपलब्धिबारे मंगलबार परराष्ट्र मन्त्रालयमा सञ्चारकर्मीहरूलाई जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा रहने बताए ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालय सचिव, सोही कार्यालयका विज्ञसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव, सरकारी र गैरसरकारी क्षेत्रका २४ जना सदस्य छन् ।

Skip This
Skip This
Logo