काठमाडौं । हालै भारतको हरियाणा मुरथलस्थित ओशोधारा आश्रममा सम्पन्न ओशोधारा संसद कार्यक्रमका क्रममा मन्जु शर्मा ओशोधारा नेपालका लागि राष्ट्रिय संयोजकमा नियुक्त भएकी छन्।
ओशोधारा संघका संस्थापक समर्थगुरु सिद्धार्थ औलियाको जीवन्त धारामार्फत ध्यान तथा अन्य प्रज्ञा कार्यक्रमहरूले हामीलाई सन्तुलित जीवन जिउने कला सिकाउँदै, आन्तरिक र बाह्य रूपमा समृद्ध बन्न मद्दत पुर्याउँछन् भन्ने अनुभव उनले व्यक्त गरिन्।
शर्मा अल्फाबिटा ग्रुपकी प्रबन्ध निर्देशक हुन्, र उनी लामोसमयदेखि विभिन्न क्लब र फोरममार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएकी छिन् । उनले ओशोधारा नेपाल बुद्धनगर ध्यान केन्द्र तथा समर्थगुरुद्वारा निर्देशित अन्य ध्यान केन्द्रहरूबाट कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिइन् । समर्थगुरु सिद्धार्थ औलियाको ध्यान, साक्षी, समाधि, र सुमिरन कार्यक्रमले साधकहरूलाई साधना विकासमा उल्लेखनीय सहयोग पुर्याउँदै आएको छ।
पूर्वसंयोजक प्रदुम्न राज पाण्डे अन्तर्राष्ट्रिय सह-संयोजकमा नियुक्त भएका छन्। समर्थगुरुको नेतृत्वमा नेपालमा साधनाका नयाँ चरणहरू पुनः सुरु हुँदैछन्, जसले सनातन धर्मलाई आत्मसात गर्दै हरेक घर, समाज र देशभर शान्ति र प्रेमको ज्योति फैलाउने लक्ष्य राखेको छ।





























प्रतिक्रिया