पोखरामा लगातार प्याराग्लाइडिङ दुर्घटना, आज पनि एक जनाको मृत्यु

पोखरामा लगातार प्याराग्लाइडिङ दुर्घटना, आज पनि एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पोखरामा लगातार तीन दिन प्याराग्लाइडिङ दुर्घटना भएको छ।

आजपोखराको सराङकोटबाट उडेका रसियन प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको छ । उनको नाम भने खुलिसकेको छैन।यस अघि आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए। सराङकोटबाट उडेका उनी फेवातालमा खसेका थिए ।

त्यस्तै सोमबार पनि माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक जना विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भुईमा झरेका थिए भने अर्का रसियन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए।

Logo