विकासमा सरकारको ध्यान गएको छैनः झलनाथ खनाल

विकासमा सरकारको ध्यान गएको छैनः झलनाथ खनाल

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कतिपय ठाउँमा स्थानिय तहहरुले आकर्षक काम गरेको बताएका छन् ।

आइतबार स्थानीय सरोकार मासिक दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले स्थानिय तहहरुले गरेको कामको समिक्षा गरे सबै कामहरुमा गुणस्तरको विकास हुने बताएका हुन् ।

उनले भने, ‘हामीले गर्न सक्ने धेरै कामहरु छन् । ति कामहरुमध्ये पनि स्थानिय तह नगरपालिका र गाउँपालिकाहरुले कतिपय ठाउँमा बडो सुन्दर काम गरेको स्थिती छ । कतिपय ठाउँमा आर्कषक काम स्थानिय तहले गरेका छन् । ति कामहरुको समिक्षा गरेर यसरी पनि काम गर्न सकिन्छ भनेर हामीले देशभरीका सबै पालिकाहरुलाई, नगरपालिकाको सन्दर्भमा नगरपालिकालाई, गाउँपालिकाको सन्दर्भमा गाउँपालिकालाई प्रशिक्षित गरेर सूचना मात्र प्रवाह गर्ने हो भने पनि हाम्रा कामहरुमा विस्तारै एउटा गुणस्तरको विकास हुन सक्छ ।’

साथै उनले विकासका कुराहरुमा सरकारको ध्यान नगएको बताए । उनले सरकारले हरेक वर्ष बजेट छुट्याए पनि ठिक ढंगले बजेट छुट्याएको छ कि छैन, विकास निर्माण ठिक ढंगले अगाडि बढेका छन् की छैनन् भनेर राम्रोसँग निगरानी गर्नुपर्ने बताए ।

Skip This
Skip This
Logo