फोटोफिचर र भिडियोमा हेर्नुहोस् सैनिक दिवसको रौनक

फोटोफिचर र भिडियोमा हेर्नुहोस् सैनिक दिवसको रौनक

केन्द्रबिन्दु
0
Shares

आज महाशिवरात्री तथा सैनिक दिवस। दिवसको अबसरमा नेपाली सेनाले सोमबार सैनिक मन्‍च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ।

सैनिक परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समारोह सम्पन्न गरिएको थियो। कार्यक्रममा सैनिक ब्याण्ड, हतियार तथा उपकरण, विशेष फौजलगायतका प्रदर्शनी समेत गरिएको थियो।  कार्यक्रममा साट्ट वटै प्रदेशका संस्कृतीलाई झल्काउने झाँकी प्रस्तुत गर्नुका साथै प्यारासुटको माध्यमबाट फ्रि-फल जम्पको पनि प्रदर्शन गरिएको हो।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका समामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीहरु तथा अन्य उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।

हेर्नुहोस् भिडियो 

Logo