काठमाडौं
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई दागबत्ति दिएर अन्तिम श्रद्धाञ्जलीपछि तीन छोरीहरु काजक्रियामा बसेका छन् । मृत्यु संस्कारमा छोरा मात्र काजक्रियामा बस्ने संस्कार तोड्दै छोरीहरु क्रमशः लुना, लिमा र लिजा आमा सबितासँगै काजक्रिया संस्कारमा बसेका हुन् ।
स्वर्गीय अधिकारीको सानेपास्थित प्याराडाइज हाइट कोलोनी निवासमा तीन छोरीहरु काजक्रिया संस्कारमा बसेको उनका स्वकीय सचिव महेश विष्टले जानकारी दिए ।
करिब सात दशक लामो समय वाम आन्दोलनमा समर्पित गर्दै राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएका अधिकारीको ८२ वर्षको उमेरमा शनिबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको थियो ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया