काठमाडौं । पुरुष र महिलाबीच विवाह हुने त हाम्रो समाजको प्रचलन नै हो । वंश परम्परा कायम राख्न, पृथ्वीमा चल्दै आएको चलनलाई जोगाउन महिला र पुरुषबीच विवाह हुने गर्दछ । यो परम्परालाई समाजले सहर्ष स्वीकार गरेको विषय पनि हो । तर, महिला महिलाबीच विवाह भयो भन्दा अचम्म लाग्छ ।
जुन हाम्रो समाजले स्वीकार पनि गर्दैन् । तर, यहाँ एक जोडी युवतीबीच विवाह भएको पाँच वर्ष भईसकेको छ । यस्ता रोचक घटनाहरु हामी विदेशतिरको मात्र सुन्ने गरेका थियौं । तर यो घटना भने नेपालकै हो । बाराका कृष्णा चौधरी र बिनिमा अधिकारी (चौधरी) एउटा यस्तै जोडी हो । जो दुवै जना जन्मजात महिला हुन्, तर उनीहरु दुवैले एकअर्कासँग विवाह गरे ।
पाँच महिने प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए । उनी दुवै युवतीले २०७० साल असोजमा विवाह गरे । एउटै गाउँका दुवै युवतीले पाँच महिने प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको पनि पाँच वर्ष पुरा भएको छ ।
अझैसम्म समाजले उनीहरुको विवाह सम्बन्धलाई स्वीकार गरेको छैन् । राज्यले पनि उनीहरुको विवाहलाई कानूनी मान्यता नै दिएको छैन् । उनीहरु समाज र राज्यसँग संघर्ष गर्दै आएका छन् । उनीहरु एकअर्काबाट छुट्टिन सक्दैनन् । भन्छन्, ‘छुट्टिन पर्यो भने मरेर लाश भएपछि मात्र सम्भव होला ।’
कृष्णा केटी भएर जन्मिएकी थिईन् । उनको बानी व्यहोरा केटा जस्तै छ । केटाका कपडाहरु लगाउन मन पराउने, केटाहरुको जस्तै स्वभाव तर आकर्षण भने केटीप्रति । उनी केटी भएर पनि केटीसँगै प्रेम सम्बन्ध राख्न चाहन्थिन् । यस्तैमा उनले मामाको छोरीमार्फत बिनिमासँग कुरा चलाईन् । तर बिनिमाले मानिन् । बिनिमा उनको कुरा सुनेर अचम्ममा परिन् ।
लामो समयपछिको प्रयासपछि कृष्णाको प्रेम सम्बन्ध बिनिमाले स्वीकार गरिन् । अन्ततः उनीहरु पाँच महिने प्रेम सम्बन्धमा रहे । पछि उनीहरु दुवै जनाले विवाह नै गरे । जुन घर परिवार र समाजले स्वीकार गर्न सकेन् । कृष्णा कामको सिलसिलामा काठमाडौं आए । काठमाडौंमा उनी रहँदा बिनिमालाई ४ वर्षसम्म घरमा बन्धक बनाईयो ।
कृष्णा घर गएर बिनिमालाई पनि २०७५ माघ २८ गते काठमाडौं ल्याए । कृष्णा आफुलाई श्रीमान र बिनिमालाई श्रीमती मान्छन् । उनीहरुले आफ्नो सम्बन्धप्रति निकै खुशी भएको बताउँछन् । समाजले अहिले पनि छि छि र थु थु गर्छ ।
बिनिमाको परिवारले उनीहरुको सम्बन्धलाई स्वीकार गरेको छैन् । बिनिमाका दाईले घर आए दुवै जनालाई मारिदिने धम्की दिन्छन् । दाईको डरले पनि उनीहरु घर जादैनन् । उनीहरुलाई राष्ट्रिय महिला आयोगले सहयोग गर्दै आएको छ ।
हेर्नुहोस रोचक भिडियो कुराकानी





























प्रतिक्रिया