पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

केन्द्रबिन्दु
0
Shares

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अधिकारीको सम्मानमा सशस्त्र प्रहरीको एक टुकडीले आर्यघाटमा सलामी अर्पण गरेको थियो ।

अधिकारीलाई छोरीहरु लुना अधिकारी (बस्नेत), लिमा अधिकारी (आचार्य) र लिजा अधिकारीले दागबत्ती दिएका हुन् ।  श्वासप्रश्वास र निमोनियाबाट ग्रसित अधिकारीको उपचारको क्रममा शनिबार राति ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको थियो । उनको पार्थिव शरिरमा नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

तत्कालिन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँ जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । चार पटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए ।

Logo