काठमाडौं
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रूख कटान गर्ने अनुमति पाएसँगै राष्ट्रिय गौरवको आयोजना मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणले गति लिएको छ । एक महिनामा जंगलभित्र पनि पाइपलाइन तयार गरी आगामी वैशाखभित्र पाइप मार्फत नेपालमा तेल ल्याइने आयोजनाले जनाएको छ ।
‘पथलैयादेखि अमलेखगन्जसम्म पर्ने करिब नौ किलोमिटर क्षेत्रमा रूख कटान सुरु भएको छ,’ पेट्रोलियम पाइपलाइन आयोजना कार्यालय प्रमुख प्रदीप यादवले भने, ‘अब एक महिनाभित्र जंगलतिर पनि पाइप बिछ्याइ सकिनेछ, वैशाख महिनाभित्र नेपालमा पाइपमार्फत तेल ल्याउँछौँ ।’
मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्माण भारतीय कम्पनी निखिथा इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । एक वर्षदेखि निर्माणमा जुटेको कम्पनीले नेपालतर्फको अधिकांश काम सकेपछि निकुञ्ज क्षेत्रमा पर्ने रूख कटानको आदेश नपाउँदा अल्झिएको थियो । वन मन्त्रालयले रूख काट्ने अनुमति दिएसँगै काम तीव्र रूपमा अघि बढेको आयोजनाले जनाएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया