देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
अधिकारीलाई बचाउन सक्ने अवस्था छैन- अस्पताल
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अबस्था निकै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। हेम्स अस्पताले पत्रकार सम्मेलन गर्दै अधिकारीलाई सबै प्रयास गर्दा पनि बचाउन सक्ने अवस्था नरहेको जनाएको हो ।
‘कुप्रचार नगरौ, रवीन्द्रको निर्वाचन क्षेत्रबाट चुनाव लड्दिनँ’- वामदेव गौतम
नेकपाका केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले आफूविरुद्ध फेरि गलत प्रचार गर्न थालिएको भन्दै त्यसको स्पष्टिकरण दिएका छन् । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुलाव लड्ने तयारी गरेको भन्दै आफूविरुद्ध प्रचार सुरु भएकोमा गौतमको गुनासो छ ।
दार्चुला जीप दुर्घटनामा मृतक सबैको सनाखत (नामावली)
दार्चुलामा शुक्रबार राति भएको जिप दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर २, हिकलाका ४१ वर्षीय कल्याणसिंह धामी, सोही ठाउँका १७ वर्षीया निर्मला बडाल, सोही ठाउँकी ३५ वर्षीया परुली धामी, दुहु गाउँपालिकाकै वडा नम्बर १ का २४ वर्षीय धनबहादुर बम, सोही गाउँपालिका वडा नम्बर ४ की ५५ वर्षीया अम्मरा बम, सोही ठाउँकी ७ वर्षीया आयुशा बम, सोही गाउँपालिका वडा नम्बर १, पिपलचौरीकी ४५ वर्षीया गोमती बम, सोही ठाउँकी ७१ वर्षीया धाना बम र दुहु गाउँपालिकाकै वडा नम्बर १ की ५३ वर्षीया मानवती भट्टको मृत्यु भएको हो।
बढी हाईट भएका १० नेपाली हिरोईनहरु (भिडियो रिर्पोट)
नायक नायिका भन्दा जिउडाल मिलेको, बढी हाईट भएको हुन्छ भन्ने मान्यता छ । तर यसको कुनै सर्वमान्य मापदण्ड भने छैन । जसलाई अभिनय गर्न आउँछ त्यो पनि नायक नायिका बन्न सक्छ । जसले उक्त पात्रमा राम्रो अभिनय अर्थात भिजेर गर्न सक्छ, त्यसले नै चर्चा पाउँछ । तरपनि उनीहरुको हाईटदेखि जिउडाल सम्म मिलेको हुनुपर्छ ।
अरुभन्दा सुन्दर देखिने हुनुपर्छ । यसलाई अघोषित मापदण्ड भन्दा पनि फरक पर्दैन । कलाकारिता क्षेत्रमा सुन्दरताका साथै उस भित्रको प्रतिभा अर्थात् कलालाई बिशेष महत्व दिईन्छ । साथै कला मात्र नभएर उनीहरुको सुन्दरता र शारिरीक बनावटले पनि निकै महत्व राख्छ ।
भारत र पाकिस्तानमा कसको शक्ति कति ?
फेब्रुअरी १४ मा भारत प्रशासित क्षेत्र जम्मु–कास्मिरको पुलवामा आतंकदावी हमला हुँदा ४० सुरक्षाकर्मी मारिए । त्यसपछि भारत र पाकबीच तनाव बढेको छ । उक्त हमला पाकिस्तानले गराएको भारतको आरोप छ । तर पाकिस्तानले उक्त दावी अस्वीकार गर्दै आएको छ । यहि क्रममा भारतले मंगलबार पाकिस्तानको सीमा क्षेत्र बालकोटमा जवाफी हमला गरेको थियो ।
भारतीय पाइलट अभिनन्दनका १० साहसिक कदम
पाकिस्तानको कब्जामा रहेका भारतीय वायु सेनाको विङ् कमान्डर अभिनन्दन वर्धमान रिहा भएका छन् । पाकिस्तानमा हमला गर्न गएका बेला पाकिस्तानी सेनाले उनलाई नियन्त्रणमा लिएको थियो । आफ्नो नियन्त्रणमा रहेका भारतीय पाइलटलाई पाकिस्तानले शान्तिको सन्देश दिन भन्दै रिहा गरेको हो ।
जुत्ता–चप्पल चोर्ने एक जोडी कुकुर प्रहरी नियन्त्रणमा
आर्थिक अभावले दुई दिनदेखि शव अस्पतालमै
जनप्रतिनिधिहरुको बिचित्र अभ्यास, विदेश भ्रमण जान गोलाप्रथा
खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ: प्रकाशमान सिंह
पशुपतिमा गाँजा सेवनमा प्रतिबन्धपछि भारतीय बाबा कम आए
भारतीय-पाकिस्तानी सेनाबीच फेरि गोली हानाहान, ५ जनाको मृत्यु
नाइजेरियामा ३२ जनाको हत्या
लन्डनको सडकमा पहिलो थ्री डी जेब्रा क्रसिङ, के हो थी डी जेब्रा क्रसिङ ?
अक्षयकुमारले एकसय नव दम्पतीहरुलाई १/१ लाख रुपैयाँ दिने
प्याजका १० फाइदा: सौन्दर्यदेखि वीर्यसम्म
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया