सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मा दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वोदेबर्साइन नगरपालिका– १ बस्ने ३९ वर्षीया कपुरदेवी मण्डल रहेकी छन् । उनी मोटरसाइकलको पछाडि बसेकी थिइन् ।
त्यस्तै चालक उनका पति दुर्गानन्द र सोही मोटरसाईकलमा सवार निजकै १२ वर्षीय छोरा चेतनारायण सामान्य घाइते भएका छन् ।घाइते उनीहरुको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ५ प १६८७ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख १३१७ नं को मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।































प्रतिक्रिया