पाकिस्तानी सेनाले शुक्रबार भारतका विङ कमाण्डर अभिनन्दनलाई फिर्ता गरेपछि दुईदेशीय सम्बन्ध सुधार हुने अपेक्षा गरिएको थियो। तर, सैनिक फिर्ता गरेको भोलिपल्टै दुबै देश एक आपसमा गोली हानाहान गर्न सुरु गरेका छन् ।
शनिबार विहानैदेखि गोलाबारी भईरहेको छ । पाकिस्तानी सेनाले चलाएको गोली लागि ५ स्थानीयले ज्यान गुमाएको बताईएको छ । जम्मू-कश्मीरको पुन्छ जिल्लामा नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी सेनाको तर्फबाट गरिएको गोलाबारीमा ५ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा एक महिला र दुई बच्चाको ज्यान गएको छ ।
इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन वर्दमान वागा सीमानाका हुँदै शुक्रबार अपराह्न भारत फिर्ता भएका हुन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने संसदमा घोषणा गरेका थिए ।





























प्रतिक्रिया