‘कुप्रचार नगरौ, रवीन्द्रको निर्वाचन क्षेत्रबाट चुनाव लड्दिनँ’- वामदेव गौतम

‘कुप्रचार नगरौ, रवीन्द्रको निर्वाचन क्षेत्रबाट चुनाव लड्दिनँ’- वामदेव गौतम

केन्द्रबिन्दु
0
Shares

नेकपाका केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले आफूविरुद्ध फेरि गलत प्रचार गर्न थालिएको भन्दै त्यसको स्पष्टिकरण दिएका छन्।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुलाव लड्ने तयारी गरेको भन्दै आफूविरुद्ध प्रचार सुरु भएकोमा गौतमको गुनासो छ ।  आज एक बिज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो। नेपाली राजनितिक आकासम उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ।यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्रै हो।’

उनले आफ्नो इच्छाविपरित पार्टीले निर्णय गरेपनि रवीन्द्रको निर्वाचन क्षेत्रमा आफू  उमेदवार नबन्ने बताएका छन् । उनले उपनिर्वाचन हुँदाको अवस्थामा रवीन्द्रको परिवारका सदस्यलाई नै उमेदवार वनाउन आफू लागिपर्ने पनि बताएका छन् ।

मन्त्री अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बुधबार निधन भएको थियो।स्व.अधिकारीले कास्की क्षेत्र नम्बर २ बाट संघीय निर्वाचनमा बिजयी हासिल गरेका थिए ।

Logo