मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख : भरतमोहन अधिकारी सिकिस्त

मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख : भरतमोहन अधिकारी सिकिस्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मुटुको समस्या भएपछि अस्पताल भर्ना भएका जल स्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । सिकिस्त भएपछि अस्पताल भर्ना भएका पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको अवस्था भने नाजुक बन्दै गएको छ ।

मन्त्री पुनको नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै पूर्वअर्थमन्त्री अधिकारीको भने ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार राति अस्पताल भर्ना भएका मन्त्री पुनको मुटुको गति अनियमित हुने र उच्चरक्तचापको समस्या छ । नर्भिक अस्पतालको भीआइपी सिसियुमा राखिएका मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख छ । अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीका अनुसार, मन्त्री पुनको छातिको सिटिस्क्यानका साथै एमआरआई समेत गरिएको छ ।

उनको रगत परीक्षण गरिएको छ । त्यस्तै इएमजी, ईसीजी समेत गरिएको छ । तर परीक्षणपछिको अवस्था सार्वजनिक गरिएको छैन । ‘अहिले स्वास्थ्यमा सुधार देखिएको छ । सामान्य कुराकानी गर्न सक्नु हुन्छ’, अस्पतालका नायब महाप्रबन्धक मैनालीले भने । उहाँलाई केहि दिन अस्पतालमै रहेर आराम गर्न डाक्टरहरुले सल्लाह दिएका छन् ।

यसैगरी स्वास्थ्य अवस्था गम्भीर भएपछि शुक्रबार ह्याम्स अस्पताल भर्ना भएका पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी गम्भीर छन् । ८२ वर्षीय अधिकारीको दुई भन्दा बढी अङ्गहरु सिथिल रहेको उपचारमा संलग्न वरिष्ठ फिजिशियन डा. अर्जुन कार्कीले जानकारी दिए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo