गोदामचौर बलात्कार घटनाका तीनैजना अभियुक्तलाई १० वर्ष जेल

गोदामचौर बलात्कार घटनाका तीनैजना अभियुक्तलाई १० वर्ष जेल

केन्द्रबिन्दु
0
Shares

जिल्ला अदालत ललितपुरले  गोदामचौर बलात्कारकाण्डका तीनै जना अभियुक्तलाई १० वर्ष जेल सजाय सुनाएको छ ।

न्यायाधीश धनसिंह महराले आज फैसला सुनाउदै सामुहिक बलात्कारको घटनाका अभियुक्तहरु रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई जनही दश वर्ष कैद सजाय तोकेको हो । त्यसैगरी ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालबाट फैसला भएको हो ।

सामुहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दामा १५ महिनापछि फैसला भएको हो ।  २०७४ मंसिर ३ गते गोदावरी नगरपालिका–१ गोदामचौरमा घटना  भएको हो ।  सामुहिक बलात्कारपछि ज्यान मार्ने उद्धेश्यले टाउकामा ढुगांले किचेर मरेको भनेर उनीहरुले फालेका थिए । घटनाको भोलिपल्ट बेहोस अवस्थामा तोरीबारीमा युवती भेटिएकी थिइन् ।

Logo