एजेन्सी । अमेरिकाले ओसामाबिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । केही वर्षअघि सैनिक कारवाहीमा मारिएका आतंकवादी संगठन अलकायदाका नेता ओसामाका छोरा हम्जाबिन लादेनको सूचना दिनेलाई १० लाख डलर (११ करोड ३२ लाख नेपाली रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको हो ।
विगतका समयमा ओसामाका छोरा हम्जा इस्लामिक उग्रवादीहरुको नेताका रुपमा उदाइरहेका छन् । उनी अफगान(पाक सीमा क्षेत्रमा लुकेर बसेको हुनसक्ने आशंका सुरक्षा अधिकारीहरुको छ ।
केही वर्ष यता उनले विभिन्न अडियो र भिडियो सन्देश जारी गर्दै आफ्नो बुवाको हत्याको बदला लिन अमेरिका र उसको सहयोगी राष्ट्रमाथि हमला गर्न आह्वान गर्दै आइरहेका थिए ।





























प्रतिक्रिया