अकल्पनीय दुर्घटना, भावविहल टुँडिखेल (फोटोफिचर)

अकल्पनीय दुर्घटना, भावविहल टुँडिखेल (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विभिन्न रमाईलो तथा मनोरञ्जनात्मक कार्यक्रम मात्र भईरहने टुँडिखेल शुक्रबार भने विल्कुलै फरक थियो । कति कतै कोलाहल थिएन्, कोही पनि हसिलो मुद्रामा थिएनन् । केबल बजिरहेको थियो, नेपाली सेनाको शोक धुन । सैनिक मञ्ज टुँडिखेलमा एउटा टेष्ट टाँगेर भित्र राखिएको थियो । सात वटा शव ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरे, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्न प्राधिकरण इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको शव श्रदाञ्जलीका लागि बाकसमा राखिएको थियो ।

दुर्घटनामा जलेर पहिचान गर्न समेत कठिन परेका शवको अनुहार देखाएर राख्ने अवस्था थिएन् । उनीहरुको शव राखिएको बाकससँगै परिचयसहितका फोटाहरु राखिएका थिए । पुरै टुँडिखेल मौन थियो । उनीहरुका आफन्तहरु डाँको छोडेर रोईरहेका थिए । सुभचिन्तक तथा अन्य सबैका आँखा रसाएका थिए । सवै सुकसुक मात्रे गरिहेका थिए ।

मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाए । राष्ट्रिय झण्डा ओढाउने क्रममा प्रधानमन्त्री ओली भावुक मुद्रामा देखिन्थे । यस्तै उनको पार्थिव शरीरमा पार्टीको झण्डा पनि ओढाइएको थियो । पार्थिव शरीरमा नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डले पार्टीके झण्डा ओढाएका थिए ।

अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि टुँडिखेल पुगेर श्रद्धाञ्जलि अर्पण गरिन् । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिले पनि मृतकहरुलाई श्रद्धाञ्जली अर्पण गरे ।

टुँडिखेलमा ठूलो संख्यामा विभिन्न दलका नेता नेता कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको थियो । श्रद्धाञ्जली कार्यक्रममा अधिकारीकी धर्मपत्नी विद्या भावविह्वल अवस्थामा टुँडिखेल पुगेकी थिइन् ।

Logo