शुक्रबार सिनेमा हलमा दुई नेपाली फिल्महरु प्रर्दशनमा आएका छन् । अनमोल स्टार फिल्म ‘क्याप्टेन’ र फिल्म ‘दि ब्रेकअप’ गरि दुई फिल्म प्रर्दशनमा आएका हुन् । प्रचार प्रसारमा हिसाबमा दुबै फिल्मले उत्तिकै प्रचार प्रसार गरेका छन् । अब अनमोलको स्टार डमले बाजी मार्छ या मार्दैन त्यो भने प्रतिक्षाको विषय बनेको छ ।
क्याप्टेन
अनमोल स्टार फिल्म ‘क्याप्टेन’ आजबाट प्रर्दशनमा आएको छ । दिवाकार भट्टराई निर्देशित क्याप्टेनमा अनमोल केसी मुख्य भूमिकामा छन् । यो फिल्ममा अनमोलसँगै उपासाना सिंह ठकुरी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्शन बिक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
यसै फिल्मबाट नायिका उपासाना सिंह ठकुरी र प्रियंका एम भिले डेब्यु गर्दैछन् । भुवन केसीले निर्माण गरेको फिल्ममा सुदिप बरालको छायांकन, कबिराज गहतराजको कोरियोग्राफी र दिर्घराज खड्काको सम्पादन रहेको छ । अनमोल यो फिल्ममा फुटबल खेलाडीको भूमिकामा प्रस्तुत भएका छन् ।
दि ब्रेकअप
यस्तै फिल्म ‘दि ब्रेकअप’ पनि आजबाट प्रर्दशनमा आएको हो । दि ब्रेकअपमा आशिरमान देशराज जोशी र शिल्पा मास्के मुख्य भूमिकामा छन् ।
हेमराज बिसीले निर्देशन गरेको यस फिल्ममा आशिरमान र शिल्पासँगै रेमोन दास, सरोज खनाल, ईच्छा कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन् । दि ब्रेकअपमा मिलन, प्रेम र ब्रेकअपको कथालाई समेटिएको छ । फिल्ममा निर्देशक बिसीकै कथा र पटकथा रहेको छ । नरेन्द्र मैनालीले खिचेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।





























प्रतिक्रिया