आज राष्ट्रिय सम्मानसहित बिदाइ : ताप्लेजुङ हेलिकोप्टर दुर्घटना

आज राष्ट्रिय सम्मानसहित बिदाइ : ताप्लेजुङ हेलिकोप्टर दुर्घटना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

ताप्लेजुङको फुङलिङमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई शुक्रबार (आज) राष्ट्रिय सम्मान दिइने भएको छ । शव पोस्टमार्टममा ढिलाइ भएपछि बिहीबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय सम्मानको कार्यक्रम स्थगित भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार राष्ट्रिय सम्मान कार्यक्रम राखिएको जनाएको छ ।

शुक्रबार बिहान ८ देखि १० बजेसम्म श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीसहित विशिष्ट व्यक्तित्व, सर्वसाधारणले टुँडिखेलमा श्रद्धाञ्जली दिएपछि अधिकारीको शव गृहनगर पोखरा पुर्याइने तयारी छ ।

बुधबार तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा एयर डाइनेस्टी हेली सर्भिसको ‘ (एन–एएमआई ,एएस ३५०–एच १२५)’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव चिन्न कठिन भएपछि ‘एन्टिमार्टम रिपोर्ट’ संकलन गरिएको छ । जलेर शव चिन्न नसक्ने भएपछि फरेन्सिक विभाग महाराजगन्जले मृतक व्यक्तिहरूको तत्कालीन अवस्थाको विवरण (एन्टिमार्टम रिपोर्ट) संकलन गरेको हो । फरेन्सिक मेडिसिन विभागका प्राध्यापक डा हरिहर वस्तीले मृतकको तत्कालीन अवस्थाको विवरण संकलन कार्य बिहीबार राति मात्रै सकिने भएकाले शुक्रबार पोस्टमार्टम गरिने जानकारी दिए ।

मौसम अनुकूल भएपछि बिहीबार अपरान्ह सेनाको हेलिकोप्टरले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव काठमाडौं ल्याएको थियो ।
नयाँ पत्रिकाबाट

Logo